दुई कराते खेलाडीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट आर्थिक सहयोग

काठमाडौँ - राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कोषले सिद्धिकीताज बबरलाई रु एक लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार प्रदान गरेको हो । सिद्धिकी सवारी दुर्घटना परी घाइते भएका थिए भने विपिन मिर्गौलाको समस्याबाट पीडित छन् ।
कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा कोषका सदस्यसचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उपनिर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति थियो ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया