कुमारी बैंकद्वारा दशैँ विशेष ‘दक्षिणा अफर’ – डिजिटल भुक्तानीमा क्यासब्याक लाभ

काठमाडौँ - कुमारी बैंकले आउँदो विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई लक्षित गरी ‘दशैँ दक्षिणा अफर’ ल्याएको छ। घटस्थापनादेखि महानवमीसम्मका ९ दिनको लागि सञ्चालन गरिएको यो अफरमा बैंकले मोबाइल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू ५० प्रदान गर्ने भनिएको छ।
बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङ्ग मार्फत छिटो कारोबार गर्ने सेवाग्राहीलाई विशेष क्यासब्याक योजना समेत ल्याएको छ।
यसका साथै, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म, कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड, वा मोबाइल बैंकिङ्गबाट सेवा र वस्तु खरिद गर्दा प्रति दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रू ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यस प्रकारका प्रोत्साहनले चाडपर्वमा डिजिटल भुक्तानी प्रविधिको प्रयोग बढाई, डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ। २३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंकले देशभरका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्स्टेन्सन काउन्टर, र ५७ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया