महिलाका साझा सवालमा एकता: नेपाल महिला सङ्घहरूद्वारा संयुक्त अभियान सुरु, कात्तिक ९ मा उपत्यका भेला

काठमाडौँ - महिलाका मुद्दालाई साँझा सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को संयुक्त कार्य योजना तयार भएको छ ।
काठमाठौँमा आज आयोजित छलफलमा तीन वटै संस्थाले महिलाका साझा मुद्दामा अभियान सुरु गर्ने जानकारी दिएका छन् । यसै अभियानका क्रममा कात्तिक ९ गते पूर्व सांसदबीच उपत्यका भेला गरिने भएको छ ।
विसं २०६४ सालदेखि अहिलेसम्म निर्वाचित सांसदको उपत्यका भेला गर्ने कार्यतालिका रहेको नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो । उहाँले महिलाको सवाल समाजदेखि सदनसम्म बलियो बनाउने अभियानमा राजनीतिक दलका महिला भातृ सङ्गठन एक भएर अभियाननै चलाउन सुरु गरिएको बताउनुभयो ।
माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकार)का अध्यक्ष अमृता थापाले राजनीतिक आस्था र सक्रियता जहाँ भए पनि महिलाका मुद्दा स्थापित गर्न नारी आन्दोलनमा एकरूपता अनिवार्य रहेको सुनाउनुभयो ।
नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घका अध्यक्ष उषा राउतले महिलाका मुद्दामा पार्टीभन्दा माथि उठेर अभियान चलाउनु जरुरी रहेको बताउनुभयो । छलफलमा सहभागी संविधानसभा सदस्य डा विन्दा पाण्डेले कात्तिक ९ गते हुने भेला माथि प्रकाश पार्नुभयो ।
विसं २०६४ साल यता निर्वाचित भएका उपत्यकामा उपलब्ध हुने सांसदको भेला गरेर महिलासँग सम्बन्धीत राजनीतिक, आर्थिक, सामाजिक विषयमा अन्तक्रिया गर्ने बताउनुभयो । उहाँका अनुसार नेपालको महिला आन्दोलनको साझा मुद्दा, निर्वाचनसम्बन्धी एकीकृत कानुन माथि छलफल, निर्वाचनमा महिलाको अवस्था, मिसन २०८४ मा ५० प्रतिशत महिला उम्मेदवारको राजनीतिक उपस्थीति हुनुपर्ने विषयमा सांसदको भूमिका कस्तो हुने भन्ने लगायत मुद्दामाथि छलफल हुनेछ ।
संविधानसभा सदस्य सुनिलबाबु पन्तले महिला आन्दोलनले समाजमा विद्यमान लैङ्गिक असमानता हटाउन सक्ने सम्भावनाबारे बिचार राख्नुभयो ।

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

मिथिलामा ‘झुला’ पर्व सुरु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

दाजुको हत्या गरी फरार युवक पक्राउ

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

प्रतिक्रिया