१० दिनमा १३० पसलमा भेटिए म्याद गुज्रिएका सामान

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गर्यो । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिए ।
८२ वटा पसलमा देखिने गरी मूल्य सूची राखिएको थिएन । यस्ता पसललाई देखिने गरी सूची राख्न लगाइयो । ६२ वटाको व्यवसाय दर्ता छैन । यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ । यसरी समय दिएकामध्ये १ जनाले दर्ता गरिसक्नु भएको छ ।
चाडपर्वमा फलफूल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ । यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्छ । अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद विक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएका छन् । यस्तै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएका छन् ।
पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत विस्कुटहरू, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरू, भिनेगर, केचअप, जाम जस्ता खाद्य तथा पेय पदार्थहरु म्याद सकिएको भेटिने गरेका छन् । यो अवस्थालाई न्यूनीकरण गर्न अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नवीकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ ।
उपभोक्ताहरूले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको महानगरले जनाएको छ ।
फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन् ।
‘सुरक्षा, सुनुवाइ, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन् । यी अधिकारको प्रत्याभूति गराउन महानगरपालिकाले काम गरिरहेको हो ।

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया