नयाँ‘जेम्स बन्ड’का लागि पियर्स ब्रोसनेनको छनौटः इड्रिस अल्बा र टम हार्डी

लसएन्जल्स : ‘नो टाइम टु डाई’ पछि डेनियल क्रेगले यो शृंखला छाड्दैछन् । जेम्स बन्ड सिरिजका ५ फिल्ममा काम गरेका उनले ‘नो टाइम टु डाई’ को सुटिङ सुरु नहुँदै यो फिल्म बन्ड शृंखलाको अन्तिम फिल्म हुने घोषणा गरेका थिए ।
त्यसयता नै यो सिरिजको लिगेसीलाई कुन हिरोले निरन्तरता दिन्छन् भन्ने चासो छ । कसले कसको नाम ठीक हुने त कसले को ठीक हुन् दाबी गरिरहेका छन् । यही क्रममा जेम्स बन्ड सिरिजका सफल हिरो पियर्स ब्रोसनेनले पनि आफ्नो राय दिएका छन् ।
आफ्नो फिल्म ‘फल्स पोजेटिभ’को प्रचार गर्ने क्रममा पिपल म्यागजिनलाई अन्तर्वार्ता दिँदै ब्रोसनेनले इड्रिस अल्बा जेम्स बन्ड सिरिजका लागि सबैभन्दा उपयुक्त पात्र रहेको बताएका थिए ।
‘मेरो त दिमागमा खाली इड्रिस अल्बा आउँछन्’ ‘उनले भनेका छन्, ‘ इड्रिसको व्यक्तित्व नै शक्तिशाली छ र आवाजमा पनि दम छ । उनी शृंखलाका लागि गज्जबका पात्र हुन् ।’ब्रोसनेनले इड्रिसबाहेक टम हार्डी पनि यो शृंखलाका लागि उपयुक्त हुने बताएका छन् ।
ब्रोसनेनले सन् १९९५ बाट २००२ सम्म जेम्स बन्डको रुपमा काम गरेका थिए । ७ वर्षको अन्तरालमा उनले बन्ड सिरिजमा ४ फिल्ममा काम गरेका थिए । उनलाई डेनियल क्रेगले विस्थापित गरेका थिए ।जेम्स बन्ड सिरिजमा बेलायतमा जन्मेका अभिनेतालाई प्राथमिकता दिइन्छ । इड्रिस अल्बा र टम हार्डी दुवै बेलायती अभिनेता हुन् ।

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया