हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा- हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।
रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो । नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ ।
रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए ।
थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताए ।

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

प्रतिक्रिया