रौतहटमा सुनचाँदी ब्यवसायीमाथि सांघातिक हमला

रौतहट - रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि सांघातिक हमला गरेको छ । प्रहरीले घटनास्थल बाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।
गएराती अज्ञात समूहले गढिमाई नगरपालिका १ समनपुरका कनहाई साहको छोरा सुनचाँदी व्यवसायी चन्दन साह सोनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन । घाईते सोनारलाई अहिले उपचारका लागि बिवीरगंज स्थित वयोधा अस्पताल पठाईएको थियो ।
घाईते व्यवसायीको हाल बयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दीलिप घिमिरेका अनुसार गएराती करीब साढे ८ बजे गरुडा र धमौरा गाँउ बिचको बाटो अरुद्व बनाई ३५ वर्षिय सोनारमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते बनाएको थियो ।
गरुडा ९ नरकटिया गाउँदेखि १ किलोमीटर दक्षिण बाटोमा गरुडाबाट समनपुर तर्फ जाँदै गरेको ना ४८ प ४५५७ नम्बरको को मोटरसाईकल रोकेर अज्ञात समूहले ब्यवसायीमाथि आक्रमण गरेको थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी पठाएको थियो । घटनास्थालमा प्रहरीले खुकुरी १ थान र कटुवा पेस्तोल थान -१ फेला पारेको थियो ।
घाईतेको ना ४८ प ४५५७ नम्बरको मोटरसाईकललाई खुकुरी प्रहार गर्ने ब्यक्तिले लिई भागेकोमा घटनास्थल भन्दा १ किलोमीटर पुर्व तर्फ रोडको पिलरमा ठोकी सोही ठाउमा लडेको अवस्थामा बरामद भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

मिथिलामा ‘झुला’ पर्व सुरु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

दाजुको हत्या गरी फरार युवक पक्राउ

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

प्रतिक्रिया