महोत्तरीमा युवतीको वेवारिसे शव फेला

महोत्तरी - महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१/२२ बर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
युवतीको शवको पकृति हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल जैसवालले वताए । शवको पहिचानको लागि प्रहरीले खोजी कार्य अगाडी वढाएको छ । महोत्तरीमा युवती हराएको ठाँउ एकिन गरी पहिचानको लागि प्रयास भैईरहेको प्रहरीले जनाएको छ ।
अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास अस्पतालमा लागिएको छ । वडा नं ५ का वडा अध्यक्ष काहरमान स्याङवाको अनुसार उक्त युवतीको शव विहान ७ वजे फेला परेको थियो । युवतीको शवलाई सामाजिक संजालवाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भईरहेको अध्यक्ष स्याङवाको भनाई छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया