पाकिस्तानविरुद्ध इङल्याण्डका रुट र ब्रुकको शतक

काठमाडौँ - पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी ब्रुकले कीर्तिमानी ब्याटिंग गरेका छन् ।
आफ्नो टेस्ट क्यारियरमा ३५औँ शतक बनाउदै जो रुटले यो समाचार तयार गरुन्जेल १६८ रन बनाएर खेलिरहेका छन् । उनी इङल्याण्डबाट सर्बाधिक टेस्ट शतक र टेस्ट रन बनाउने खेलाडी हुन् ।
त्यसैगरी उनी विश्व क्रिकेटमा धेरै शतक बनाउने सूचीमा समेत छैटौं स्थानमा उक्लिएका छन् ।
त्यस्तै इङल्याण्डका अर्का ब्याट्सम्यान ह्यारी ब्रुकले आक्रामक ब्याटिंग गर्दै आफ्नो छैटौं टेस्ट शतक बनाएका छन् । यो समाचार तयार गरुन्जेल ब्रुक १२८ रन बनाएर खेलिरहेका छन् ।
रुट र ब्रुकले अहिलेसम्म चौथो विकेटका लागि २२२ रनको साझेदारी गरेका छन् ।
यो समाचार तयार गरुन्जेल इङल्याण्डले यस टेस्टमा ३ विकेट गुमाएर ४७१ रन बनाएको छ र ८६ रनले पछाडी रहेको छ ।
यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ५५६ रन बनाएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_kI8BQJUk2u_f5iougvdz2ajapzmb9srxp5uufzhf3gaswtgaag9c4oos4yc8npgmq50ch3z.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया