मस्कको दाबी- ट्रम्प पराजित भएमा मलाई जेल हालिन्छ, अमेरिकामा फेरि चुनाव हुँदैन

काठमाडौँ - टेस्ला, स्पेस एक्स र एक्सका मालिक एलन मस्कले राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पराजित भएमा आफुलाई जेल हालिने टिप्पणी गरेका छन् ।
एन्कर टकर कार्लसनसँगको अन्तर्वार्तामामा मस्कले ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा कमला ह्यारिससँग पराजित भए भने आफू जेल जान सक्ने बताएका हुन् । साथै उनले कमला ह्यारिसले चुनाव जितेमा अमेरिकामा फेरि कहिल्यै चुनाव नहुने दाबि समेत गरेका छन् । मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गर्दै आएका छन् ।
मस्कलाई ट्रम्प चुनाव हारे भने के हुन्छ ? भन्ने प्रश्न सोधिएकोमा उनले भने- 'यदि ट्रम्प चुनाव हारे भने सोच्नुहोस् म गएको छु । म कति वर्ष जेल जान्छु जस्तो लाग्छ ? के म मेरा छोराछोरीलाई पनि हेर्न सक्षम हुनेछु ? मलाई थाहा छैन।' हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीमा पनि मस्कले पूर्व राष्ट्रपतिसँग स्टेज साझा गर्दै ट्रम्पलाई चुनाव जिताउन आग्रह गरेका थिए ।
अन्तर्वार्ताका क्रममा मस्कले भने, 'मलाई लाग्छ कि यदि ट्रम्पले यी चुनावहरू जितेनन् भने यी अन्तिम चुनाव हुनेछन्।' आफ्नो आशंका व्यक्त गर्दै मस्कले भने, 'ह्यारिस बाइडेनको शासनकालमा अमेरिका आएका लाखौं गैरकानुनी आप्रवासीलाई नागरिकता दिइनेछ र उनीहरू भविष्यमा सदाका लागि डेमोक्र्याट पार्टीका मतदाता हुनेछन्।' मस्कले भने, ‘मेरो अनुमान छ कि यदि डेमोक्र्याट पार्टी अझै चार वर्ष सत्तामा रह्यो भने अर्को चुनावमा धेरै गैरकानुनी आप्रवासीलाई कानुनी मान्यता दिनेछ र त्यसपछि अमेरिकामा स्विङ स्टेट रहनेछैन, जसका कारण देशमा शासन हुनेछ ।'
मस्कले आफ्नो दावीको समर्थनमा १९८६ को अध्यागमन सुधार र नियन्त्रण अधिनियमको उदाहरण दिए । मिडिया रिपोर्टहरूले यो कानून अन्तर्गत लाखौं अवैध आप्रवासीहरूलाई अमेरिकी नागरिकता दिइएको थियो । यसपछि मात्र क्यालिफोर्निया डेमोक्र्याट पार्टीको गढ बनेको मस्कले बताए । मस्कले भने, ‘मलाई लाग्छ हामी लोकतान्त्रिक देश रहिरहन चाहन्छौं र हामी एउटा पार्टीले शासन गर्ने देश बन्न चाहँदैनौं । ट्रम्प लोकतन्त्रका लागि खतरनाक भनी बोल्नेहरू आफैं लोकतन्त्रका लागि खतरा हुन् । एक दलको शासन लोकतन्त्र होइन ।'

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया