दसैँमा तलबभत्ता नपाएको शिक्षक संगठनको गुनासो

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ ।
संगठनले बुधबार विज्ञप्ति जारी गर्दै तत्काल शिक्षक तथा कर्मचारीको तलबभत्ता निकासा गरी वितरण गर्न गराउन सम्पूर्ण सम्बन्धित स्थानीय तहहरूसँग माग गरेको छ ।
संगठनका महासचिव हंसबहादुर शाहीले चाडवाडको समयमा केही स्थानीय तहले शिक्षक तथा कर्मचारीको तलब भत्ता रोकेर अधिकारबाट वञ्चित हुने वातावरण सिर्जना भएको जिकिर गरेका छन् ।
“सङ्घीय सरकारबाट विद्यालय शिक्षक तथा कर्मचारीको तलब भत्ता निकासा गर्ने दायित्वका रुपमा स्थानीय सरकारलाई सुम्पिएको सर्वविदितै छ । सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदानअनुसार स्थानीय तहले समयमा तलब भत्ता वितरण गर्नुपर्नेमा त्यसो नहुँदा शिक्षक र कर्मचारी मर्कामा परेका छन्”, विज्ञप्तिमा भनिएको छ । हालसम्म तलब भत्ता उपलब्ध नगराउने विभिन्न ३४ स्थानीय तह रहेको शिक्षक संगठनको दाबी छ ।

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

मिथिलामा ‘झुला’ पर्व सुरु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

दाजुको हत्या गरी फरार युवक पक्राउ

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ

बिहानै कागती हालेर मनतातो पानी पिउनुको साइड इफेक्टहरू

प्रतिक्रिया