कोठा भाडा प्रकरण : प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई गराए सचेत

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई आवेशमा आएर कुनै पनि काम नगर्न सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री श्रेष्ठलाई आवेगमा आएर त्यस्तो काम नगर्न सचेत गराएको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
कानुनमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको ६ महिना पुगेको अवसरमा आज गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री श्रेष्ठलाई सचेत बनाएको जानकारी दिएका हुन् ।
ओलीले थरकै आधारमा कोठा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै मन्त्री श्रेष्ठ पुग्नु गलत भन्दै त्यस्तो नगर्न सचेत गराएका हुन् ।
रूपा सुनारले थरकै आधारमा बबरमहलमा कोठा नपाएपछि आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले मुद्दा दिएपछि प्रहरीले घरबेटी प्रधानलाई नियन्त्रणमा लिएको थियो ।
‘उहाँलाई गाडीमा चढाएर लग्नुभयो, यो दुर्भाग्यपूर्ण कुरा हो । यो राम्रो काम होइन,’ कानुनमन्त्री श्रेष्ठले भने, ‘हिजो प्रधानमन्त्रीले मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउनु भएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुस् है, यो काम तपाईंले जुन गर्नुभयो त्यो ठिक गरेन भन्नुभएको छ है ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया