खानेपानीमन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण
वीरगञ्ज- खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्याएकामा आज उहाँले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् । भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र आसपासका बस्तीहरूमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्याएको छ ।
त्यसक्रममा स्थानीयले वर्षौंदेखि खोलाले कटान र बाढीको जोखिम पुर्याउँदै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका थिए ।
मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो । त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु ।”
मन्त्री यादवसँगै पूर्वप्रदेशसभा सदस्य जन्नत अन्सारीलगायत पनि निरीक्षणमा पुगेका थिए । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया