तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ- तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।
स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । कारागारको गाडी नहँुदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताए ।
कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ । तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदीबन्दी रहेका छन् ।

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
_mhvIbpGGfT_18pz1nk1auhhqkw6lcplmz1wwehts89ks8molu52wheo0bazk4drzjhtpvuv_RMtijQQXak_pb5hegyfzccb8p1reoaqkf7poxavjx5gscaapptprlnsrf03l8139bhsu9uy.jpg)
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

नासिए मौलिक सम्पदा

करेन्ट लागेर एकको मृत्यु

विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा

प्रतिक्रिया