ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच गैर-कोषमा आधारित सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न

काठमाडौँ - ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर-कोषमा आधारित बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, महालक्ष्मी विकास बैंकका ग्राहकले व्यापारका लागि आवश्यक पर्ने लेटर अफ क्रेडिट, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट र ट्रेड ट्रान्जेक्सन लगायतका सुविधा अब ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन्।
ग्लोबल आइएमई बैंक, नेपालको पहिलो निजी वाणिज्य बैंक हो, जसले ७७ वटै जिल्लामा १,००० भन्दा बढी सेवा केन्द्रहरूमार्फत व्यापक सेवा प्रदान गरिरहेको छ। युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ बाट समेत सम्मानित यस बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै उत्कृष्टता कायम राख्दै आएको छ।
"सबल बैंक, सफल सहकार्य" नाराका साथ स्थापना भएको महालक्ष्मी विकास बैंकले पनि नेपालभर १०३ शाखा र ४९ एटीएममार्फत ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
उक्त सहकार्यले दुई बैंकका ग्राहकहरूलाई वित्तीय पहुँच विस्तार गर्दै व्यावसायिक कारोबारमा सहजता ल्याउने विश्वास गरिएको छ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया