बेर्ना उमारेरै घर खर्चको जोहो

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमारेका छन् । रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् ।
भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँ यस कार्यमा संलग्न रहँदै आएका छन् । गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका थिए । यस वर्ष लगातार वर्षा हुँदा नर्सरीमा १५ हजार मात्र बिरुवा बिक्री भएको रानाले बताए ।
“तरकारीका बिरुवा बिक्रीबाट एउटा याममा रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भने–“आधीभन्दा बढी बिरुवा नर्सरीबाटै बिक्री हुन्छ ।” बिरुवा बिक्री गर्न साइकलमा गाउँ गाउँसम्म पुग्ने गरेको उनले बताए ।
अन्य तरकारीका बिरुवा बिक्री गरेपछि प्याजको बेर्ना तयार गर्ने रानाले बताए । तरकारी र प्याजका बिरुवा खरिद गर्नेहरू अधिकांश व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसान रहेका छन् । तरकारी र प्याजका बिरुवा तयार गर्न बीउ खरिद, प्लाष्टिक खरिद गर्न तथा खनजोत गर्न रु एक लाखसम्म खर्च हुने उनको भनाइ छ ।
नर्सरीमा बिरुवा हुर्काउन घरमै गाइगोरुको मलमुत्रबाट तयार गरिएको प्राङ्गारीक मल र जैविक विषादीको प्रयोग गर्ने गरेको राना बताउँछन् । तरकारी र प्याजका बिरुवा बिक्री गरेर प्राप्त हुने आम्दानीबाट रानाले घरखर्च चलाएका छन् ।
“विभिन्न कामका लागि बेला बेलामा काढेको ऋण नर्सरीमा उत्पादित बिरुवा बेचेर तिर्ने गरेको छु, घरखर्च सबै यसबाटै धानेको छु”, रानाले भने । उन्नत जातको बीउ उत्पादन गर्ने रानाको नर्सरीबाटै बीउ बिक्री हुन्छ । नर्सरीमा बिरुवाको हेरचाह गर्ने, मल राख्ने, जैविक विषादी छर्कने कार्यमा रानाकी श्रीमती मुन्नीले पनि सहयोग गर्दै आएका छन् ।
बेदकोट नगरपालिकाको चम्फापुरस्थित ससुरालीमा दुई दशक अघि तरकारीको नर्सरी बनाएर बिरुवा बेच्दै गरेको राना बीउ उत्पादनतर्फ लागेका हुन् । “ससुरालीमै बसेर नर्सरीको काम सिके”, उनले भने, “अनुभव बटुलेपछि आफ्नै जग्गामा नर्सरी बनाएर बिरुवा बिक्री गर्न थाले ।”
रानाले हालसम्म नर्सरीका लागि सरकारी पक्षबाट न त तालिम न अनुदान नै पाएका छन् । “तालिम तथा सरकारी अनुदान पाउन सके अझै राम्रो गर्न सकिन्थ्यो की जस्तो लागेको छ”, उनले भने । रासस

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_RzKyBw2z1D_stgheqsldumg6qa46hguc7a1nmfx8zp4elnmuxmuplhqlahmbrqd9jccc0ge.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया