डडेल्धुरामा बस दुर्घटना : चार जनाको मृत्यु, १२ जना घाइते

डडेल्धुरा- डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_RzKyBw2z1D_stgheqsldumg6qa46hguc7a1nmfx8zp4elnmuxmuplhqlahmbrqd9jccc0ge.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया