ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडाैं- ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
यसैगरी ‘‘सबल बैंक, सफल सहकार्य’’ भन्ने नाराका साथ वि.सं. २०५२ मा स्थापित महालक्ष्मी विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १०३ वटा शाखा कार्यलय, ४९ एटिएमका साथ ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Nbc0oFacYo_zcgozks9a9vnzijvmcyaxgt1ptaf1kohokusl8szds7u7oyeqcajgyxcf68s.png)
प्रतिक्रिया