संविधान बनेको ७ वर्ष पुगिसक्दासमेत प्रहरी समायोजन हुन नसक्नु गलत - मुख्यमन्त्री कार्की

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान बनेको ७ वर्ष पुगिसक्दा समेत प्रदेश सरकार अन्तर्गत प्रहरी समायोजन हुन नसक्नु गलत भएको बताएका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा विराटनगर स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा वुधवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकार अन्तर्गत तत्काल प्रहरी समायोजन गर्न समेत गरे ।
उनले प्रहरीको संख्या वृद्धि गर्नुभन्दा प्रविधिको प्रयोग गरी प्रहरीको क्षमता र दक्षता अभिवृद्धि गर्न सकिने धारणा राखे । प्रदेश मातहतमा प्रहरी समायोजन भएको दुई वर्षभित्रमा प्रहरीहरूलाई साधन स्रोत सम्पन्न बनाउने उनको भनाइ छ ।
त्यस्तै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सरकारको उपस्थिति देखाउने पहिलो युनिट भनेकै प्रहरीहरू भएकाले यसलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने धारणा राखे ।
प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रबाट शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा सहयोग गर्नेहरूलाई सम्मानित गरिएको थियो । यसै गरी मुख्यमन्त्री कार्कीले १ लाख रुपैया राशीको साधना प्रहरी सम्मान प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल थापा मगरलाई, २५ हजार राशीको विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक निरीक्षक कुल बहादुर बुढाथोकी र उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार सीता कुमारी दुलाललाई प्रदान गरे ।

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

आगलागीमा ६० लाख बराबरको क्षति

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

प्रतिक्रिया