उपभोक्ताको गुनासो ‘क्युआर’बाट

नुवाकोट - जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ ।
चाडपर्वमा हुनसक्ने उपभोक्ताको अधिकार हनन्का घटनालाई मध्येनजर गर्दै उपभोक्ताले क्युआरमार्फत गुनासो तथा उजुरी गर्न सक्ने सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
उनकाअनुसार अहिले विभिन्न चार विधाका गुनासोलाई प्रशासन कार्यालयले क्युआर स्क्यान गरी देखिने फरक–फरक आवेदन फाराम मार्फत संकलन गर्न थालिएको छ ।
“उपभोक्ताको अधिकार हनन् सम्बन्धी खाद्यान्न, होटल तथा खाजा घर, यातायात र औषधि पसल सम्बन्धी गुनासो नेपाली भाषामा तयार गरेको फाराममार्फत भर्न सकिने सेवा सञ्चालनमा ल्याइएको छ”, प्रजिअ अधिकारीले भने, “उपभोक्ताको अधिकार रक्षाका लागि ‘स्वच्छ प्रतिस्पर्धी बजार : उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने सरकारको लक्ष्य पुरा गर्न यसमार्फत उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।”
कार्यालयको सेवा सम्बन्धी गुनासो, सुझाव संकलन गर्न जिल्ला प्रशासनले यसअघि नै क्युआर सेवा सञ्चालनमा ल्याएको थियो । आधुनिकता र प्रविधिको विकाससँगै उपभोक्ताका अधिकार हननका घटना रोक्न र संलग्न दोषीलाई कारबाही गर्न क्युआर प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ

बिहानै कागती हालेर मनतातो पानी पिउनुको साइड इफेक्टहरू

मिथुनलाई प्रेममा सफलता मिल्ने, तुलाको इच्छा शक्ति बढ्ने

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

प्रतिक्रिया