चर्चित पप गायक लियाम पेनको होटलको तेस्रो तलाबाट खसेर मृत्यु

काठमाडौँ- चर्चित पप ब्याण्ड 'वन डाइरेक्शन' का पूर्व सदस्य गायक लियाम पेनको ३१ वर्षको उमेरमा मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो । पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय अखबार ला नासियोन र क्लारिनका अनुसार प्रहरीले एक विज्ञप्ति जारी गर्दै एक व्यक्ति लागूऔषध र रक्सीको लतमा रहेको जानकारी पाएको बताएको छ । होटलका प्रबन्धकले होटलको पछाडि ठूलो आवाज सुनेपछि त्यहाँ पुग्दा एक जना मानिस आफ्नो कोठाको बालकनीबाट खसेको देखेको बताए । आपतकालीन सेवाहरू घटनास्थलमा पुगे र ३१ वर्षीय ब्रिटिश गायकको मृत्युको पुष्टि गरेका थिए । उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ ।
सन् २०१० मा युकेको रियालिटी शो 'द एक्स फ्याक्टर'मा सहभागी भएपछि पनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले 'वन डाइरेक्शन' नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड सन् २०१६ मा निष्क्रिय भएको थियो ।
यस ब्याण्डले पाँच एल्बम निकालेको थियो । उनीहरूको सन् २०१३ मा आएको तेस्रो एल्बम मिडनाइट मेमोरिज २०१३ को विश्वभरको धेरै बिक्री भएको एल्बम बनेको थियो ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया