न्यूजिल्याण्डविरुद्ध भारत ४६ रनमा अल आउट

काठमाडौँ- न्यूजिल्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिङ कोल्याप्स भएको छ । वर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारत पहिलो इनिङमा करबल ४६ रनमा अल आउट भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको भारत ४६ रनमा अल आउट हुँदै टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्मको तेस्रो कम टोटलमा अल आउट भएको छ । यस अघि भारत२०२० मा अस्ट्रेलियाविरुद्ध ३६ रनमा अल आउट भएको थियो भने १९७४ मा इङल्याण्डविरुद्ध ४२ रनमा अल आउट भएको थियो । यी दुवै टेस्टको तेस्रो इनिङमा कम रन बनेको थियो भने पहिलो इनिङमा कम रन बनेको यो नै पहिलो पटक हो ।
यस खेलमा ऋषव पन्तले सर्वाधिक २० रन बनाएका थिए भने यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र आर आश्विन शुन्यमा आउट भएका थिए । त्यस्तै कुलदीप यादव २, जसप्रित बुमराह १ र मोहमद सिराजले ४ रन बनाएका थिए ।
भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा न्यूजिल्याण्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम पिटरले ४ विकेट तथा टिम साउथीले एक विकेट लिएका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया