महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

काठमाडौँ - निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ ।
स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन बमोजिम निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

प्रतिक्रिया