रौतहटका एसपी घिमिरेसहित १९ जनाले गरे रक्तदान

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एसपी सहित १९ जनाले रक्तदान गरेका छन् ।
बिहीवार जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहित १७ जना प्रहरी कर्मचारी, २ जना स्थानीय गरी २१ जनाले रक्तदान गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् ।
६९ औं प्रहरी दिवसको भोलिपल्ट प्रादेशिक अस्पताल गौरमा रगत अभाव हुन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा संचालन समिति गौर शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया