सिलाइ कटाइमा गुराँसका महिला

सुर्खेत : दैलेखको गुराँस गाउँपालिकाका महिला सिलाइ कटाइमा आकर्षित भएका छन् । कम लगानीमा घरमै बसेर काम गर्न सकिने भएकाले उनीहरू सिलाइ कटाइमा आकर्षित भएका हुन् ।
व्यवसाय सुरु गर्ने उद्देश्यले उनीहरू सिलाइ कटाइको तालिम लिएका छन् । गुराँस गाउँपालिका ६ की नैनसरा विसी घरमै व्यवसाय सुरु गर्नको लागि तालिम लिएकी छन् । घरको सानोतिनो खर्चको जोहो गर्न सजिलो होस् भन्ने उद्देश्यले तालिम लिएको नैनसराले बताइन् ।
‘गाउँपालिकाले ४५ दिनको सिलाइ कटाइ सम्बन्धी तालिम दिएको छ’ सिलाइकटाइ तालिममा सहभागी उनले भनिन्,‘तालिम आजबाट सकिदैछ अब हामी घरमै बसेर काम गर्छाैँ ।’
साँझ बिहानको घरधन्दा सकेर कमला बिक पनि तालिममा सिक्न आउँछिन् । सानोतिनो खर्च चाहिएमा अरुसँग माग्न नपारेस् भनेर तालिम सिक्न आएको उनले बताइन् । ‘आफ्नो लागि आफैँ कमाउने हुनुपर्दाे रहेछ’, उनले भनिन्,‘घरखर्च जुटाउन सकिन्छ कि भनेरै तालिम सिक्न आएका छौँ ।’
चार छोराछोरीको सन्तान कमला छोराछोरीको पढाइ खर्च जुटाउन पनि व्यवसाय गर्ने सोच बनाएकी छन् । ‘आफैँले खर्च जुटाएर छोराछोरीलाई पढाउन पाएदेखि सन्तोष हुने थियो’, उनी भन्छिन्,‘यसको लागि गाउँपलिकाले थप तालिमको व्यवस्था पनि गर्नुपर्दछ ।’
सिलाइ कटाइ तालिममा सोही गाउँकी टिका राना पनि सहभागी हुन्छिन् । एसएलसी दिएर विवाह बन्धनमा बाधिएकी उनी व्यवासय गरेर गुजरा चलाउने धोको रहेको बताउँछिन् । ‘घरमै मेसिन राखेर व्यसाय गर्नुपर्ला भन्ने सोचेकी छु’,उनी भन्छिन्,‘छोराछोरी हुर्किएपछि बजारमा कोठा भाँडामा लिएर पनि बस्न सकिन्छ ।’

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया