पूर्वगृहमन्त्री लामिछानेमाथि संगठित अपराधमा पनि अनुसन्धान
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
उक्त अनुमतिअनुसार कास्की प्रहरीले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै 'मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध' ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको हो ।
लामिछाने पक्राउ गर्नका लागि कास्की जिल्ला अदालतले शुक्रबारकै अनुमति दिएको थियो । अदातलको अनुमति लगत्तै लामिछानेलाई पक्राउ गरी पठाउन पत्र आएको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया