महोत्तरीमा १५ वर्षीय किशोरीमाथि जबरजस्ती करणी

महोत्तरी- महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ । भंगाहा घर भएका ३० वर्षीय अटो चालकले घरमा लगेर जबरजस्ती करणी गरेको तीन दिनपछि खुलासा भएको हो ।
किशोरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अभिभावकहरुले सोधीखोजी गर्दा जबरजस्ती बलात्कृत भएको बाहिरिएको थियो ।
छोरीले आफू बलात्कृत भएको बताएपछि घटनाबारे पीडित परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा शुक्रबार उजुरी दिएका छन् । बर्दिबास–१४ मा डेरा गरी बस्ने उक्त ३० वर्षीय पुरुषले किशोरीलाई मङ्गलबार कामको निहुँ बनाएर आफ्नै भाडाको कोठामा लगेर जबरजस्ती गरेको पीडित परिवारको गुनासो छ ।
घटनाबारे सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय बर्दिबासले पीडित युवतीलाई स्वास्थ्य परिक्षणको लागि बर्दिबास अस्पताल पुर्याएको छ । परिवारले बलत्कार नै भएको दाबी गरेतापनि घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले किटानी जाहेरी दिएका अटो (सफारीचालक) प्रहरीलाई सूचना आएपछि कोठामा नरहेको र उनको खोजी गरिरहेको ईलाका कार्यालय प्रमुख रेवतिरमन पोखरेलले जानकारी दिए ।

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

प्रतिक्रिया