चितवनमा थुनुवा मृत फेला

चितवन- इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।
आज बिहान ४: ४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ वजे मृत घोषणा गरिको हो ।
क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया