सूर्य थापाको रविमाथि व्यङ्ग्य : कलाविहीन नयाँ नाटक 'प्रतिशोध' सुपरफ्लप !

काठमाडौँ- सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले पूर्वगृहमन्त्री रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै 'प्रतिशोध' को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका हुन् ।
उनले भनेका छन्- ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ-‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो- प्रतिक्षा गरौं ।
थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया