लामिछाने पक्राउबारे संसद सचिवालयले दियो जानकारी

काठमाडौँ - संघीय संसद सचिवालयले सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
संसद सचिवालयले चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रबि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारवाही शाखाले जानकारी गराएको उल्लेख गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको जनाएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) मा संसद बैठक नचलेको अवस्थामा सांसद पक्राउ परेमा सचिवालयको सूचना पाटीमा टाँसेर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।
लामिछानेलाई सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले पक्राउ अनुमति दिएसँगै शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । उनलाई अहिले पोखरा पुर्याइएको छ भने आइतबार अदालतमा पेश गर्ने जानकारी दिइएको छ ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया