सार्वजनिक सम्पति तोडफोड गर्ने आन्दोलनलाई रास्वपाले समर्थन गर्दैन- गणेश कार्की

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताएका छन् ।
सभापति रवि लामिछाने पक्राउ परेपछि विभिन्न जिल्लामा सडक बन्द गर्ने, टायर बाल्ने जस्ता घटना हुन थालेपछि कार्कीले विरोधको यो तरिकालाई रास्वपाले समर्थन नगर्ने बताएका हुन् ।
उनले यस्ता किसिमका आन्दोलन गर्ने रास्वपा या रवि लामिछानेका समर्थक हुन नसक्ने बताएका छन्
उनले भनेका छन्, 'विरोधको यो तरिकालाई रास्वपाले कहिले पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन् ।
यसैले, नागरिकका मुद्दा अझ बढी उठाउने, विधिलाई हुबहु लागू गर्ने र गराउनेमा उपस्थित हुँदा रचनात्मक र शान्तिपूर्ण रुपमा भइदिनु हुन आग्रह छ । तथा, समर्थककारूपमा घुसपैठ गरेर रास्वपाका नाममा खराब गर्ने सम्भावना रहेको हुँदा सचेत भएर त्यस्तो भेटिएमा प्रहरीलाई जिम्मा लगाइदिन हुन अनुरोध छ ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया