रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ - पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
राजनीतिक पूर्वाग्रहका आधारमा रविलाई पक्राउ गरेको भन्दै रास्वपाले शनिबार माइतीघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले वर्तमान सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, आइएम वीथ रवि लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो क्रममा रास्वपा नेता शिशिर खनालले पार्टी सभापतिलाई पक्रेर सरकारले घृणित राजनीतिक क्रियाकलाप गरेको आरोप लगाए । राज्यशक्तिको स्रोतको दोहन गर्नेहरूले डराएर रवि लामिछानेलाई गलत आरोप लगाएर जवरजस्ती पक्राउ गरेको उनले बताए ।
उनले सहकारी छानबिन समितिले नै रविलाई निर्दोष किटान गर्दा पनि पक्राउ गर्ने र वास्तविक रुपमा ठगी गर्ने अन्य दलका नेताहरूलाई उन्मुक्ति दिने काम भएकाले सडक आन्दोलन गर्नुपरेको जिकिर गरे ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो । त्यसलगतै रास्वपा आन्दोलित भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया