कतार विश्वकपमा मादक पदार्थ !

काठमाडौँ: विश्वकप फुटबल २०२२ कतारमा हुँदैछ । पहिलो पटक खाडीमा हुन लागेको विश्वकपका लागि त्यहाँ पुग्ने दर्शकहरूले मादक पदार्थ सेवन गर्न पाउँछन् वा पाउँदैनन् भन्ने अन्यौलता छ । युरोपेली र दक्षिण अमेरिकी समर्थकहरू फुटबल हेर्दा मादक पदार्थ पनि सेवन गर्न मन पराउँछन् । तर कतारमा मादक पदार्थ बेचबिखन सम्बन्धी कडा नियम छ ।
तर कतारी उच्च अधिकारीले विश्वकप हेर्न कतार पुग्ने समर्थकहरूका लागि मादक पदार्थ उपलब्ध गराउन गृहकार्य गरिरहेको बताएका छन् । विश्वकप आयोजक समितिका महा–सचिव हसन अल थवाडीले कतारी सहरहरूका निश्चित स्थानमा विदेशी समर्थकहरूका लागि मादक पदार्थ उपलब्ध हुने बताएका छन् ।
कतारले सन् २०१९ मा मात्रै क्लब विश्वकप आयोजना गरेका थियो । जहाँ लिभरपुल लगायतका विदेशी क्लबका समर्थकहरु पुगेका थिए । त्यसबखत कतारी सरकारले उनीहरूले मादक पदार्थ खरिद गर्नसक्ने व्यवस्था गरेको थियो ।
‘मादक पदार्थ कतारी संस्कार भित्र पर्दैन । तर पाहुनाको सत्कार गर्ने हाम्रो संस्कार हो । कतारमा हाल मादक पदार्थ उपलब्ध छ । तर त्यससँग सम्बन्धित केही नियम छन् । कतारका जुनसुकै स्थानमा मादक पदार्थ उपलब्ध हुँदैन । र, विश्वकप दौरान हामी निश्चित स्थानहरुमा विदेशी समर्थकका लागि मादक पदार्थ उपलब्ध गराउने छौँ । अन्य मुलुकमा जस्तो सडकमै मादक पदार्थ किन्न पाउने अवस्था कतारमा हुँदैन । दुई वर्षअघि हामीले क्लब विश्वकप आयोजना गर्दा पनि हामीले केही स्थानमा अल्कोहल जोन बनाएका थियौँ । विश्वकपमा पनि त्यही मोडेल पछ्याइनेछ,’ थवाडीले भनेका छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया