संवैधानिक निकायमा २० पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारीहरू नियुक्तविरुद्ध रिट परेको छ । बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २० जना पदाधिकारीहरूको नियुक्तविरुद्ध रिट पेस गरेका हुन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले भने,'गत असार १० गते २० जनालाई विभिन्न आयोगको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मै गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरी पाउ भनि आज (असार १६ बुधवार) मैले सर्वोच्च अदालतमा पूरक रिट दर्ता गराएको छु । रिटको अन्तिम टुंगो नलागेसम्म निजलाई आयोगको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेशसमेतको माग गरेको छु ।'

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया