धरानको कार्यवाहक विवाद: मेयरको निर्णय कार्यावन्यन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ - धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ ।
मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उच्च अदालत विराटनगरले सो कार्यवाहकको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
आइतबार उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रूबराज नन्दको इजालसले साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
आदेशमा भनिएको छ- ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४को क को १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।'
मेयर साम्पाङले आफू बेलायत जानुअघि उपमेयर हुँदाहुँदै नाताले मामा ससुरा पर्ने ११ नम्बरका वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको विषय विवादित बनेको थियो ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया