मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

लामिछानेको पक्राउ सही छ- चित्रबहादुर केसी

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय जनमोर्चाले रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे समर्थन गरेको छ ।

आइतबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको गिरफ्तारी सहि भएको बताउँदै यस प्रकरणमा संलग्न अन्यमाथि पनि सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- 'रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।'

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याइएको छ ।

कास्की जिल्ला अदालतले ६ दिन म्याद थपेर लामिछानेमाथि अनुसन्धान गर्न अनुमति दिएको छ ।