निजी अस्पतालमा नजान मुख्यमन्त्रीको आग्रह

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकलाई उपचारका लागि निजी अस्पतालमा नधाउन आग्रह गरेका छन् । निजी अस्पताल अहिले कमाउ धन्दामा लागेकाले विरामीको अवस्थाबारे ध्यान नदिने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
‘सरकारी अस्पतालले निशुल्क उपचार दिइरहेकै छन्, एक दिनमा २० हजार, ५० हजार खर्च लाग्ने अस्पताल किन ताक्छौं हामी ? सरकारी अस्पताल आउनुहोस्,’ मुख्यमन्त्री गुरुङले भने ।
पोखरामा अस्पतालले उपचार गर्न नमान्दा स्याङ्जाकी महिला र कास्कीका पुरुषको एक सातामै ज्यान गयो । निजी अस्पतालसँग समन्वय गर्न सामाजिक विकास मन्त्री नरदेवी पुनको रोहवरमा गठन गरिएको सहजीकरण समिति पनि नामको मात्र देखिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले शुक्रबार पश्मिमाञ्चल क्षेत्रीय अस्पताललाई एउटा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले विश्वास लागेपनि नलागेपनि सरकारी अस्पतालले आफ्नो तहबाट उपचार गरेको बताए ।
ढाड सेक्ने गरी धरौटी माग्ने निजी अस्पताल नजान मुख्यमन्त्रीको आग्रह थियो । तर जनताको अपेक्षा अनुरुप प्रदेशले व्यवस्थापन गर्न नसकेको उनले स्विकार गरे ।
पश्चिमाञ्चल अस्पतालमा आवश्यक परेको खण्डमा भेन्टिलेटर थप्न सकिने उनले बताए । ‘चाहिएको छ भने भन्नुहोस्, हामी त्यसको व्यवस्था मिलाउँछौं,’ उनले भने ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया