सोमबार १५ बैशाख, २०८२
Monday, April 28, 2025

मनाङको तल्लो पिसाङ जोखिममा, झोलुङ्गे पुल बग्यो

फाइल तस्बिर

मनाङ : मर्स्याङदी नदीमा आएको भीषण बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको हो ।

बाढी पहिरोले शुरुवातमा मनाङको तल्लो भागमा क्षति पुर्‍याएको भएपनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । 'बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ । विपद्लाई रोक्न नसकिने रहेछ', उनले भने,'निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिरोको जोखिम बढेको छ, बाढी पहिरोले केही बस्ती बस्ने ठाउँहरु बगाइसकेको छ भने केही भाग अति जोखिममा छन् ।' 

माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ गाउँपालिका-१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिए । उनले भने,'जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक भएकोले केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ ।'