नेइमारले कमब्याक गरेको खेलमा अल हिलाल विजयी

काठमाडौँ- साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए ।
त्यसैगरी अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८२औ मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सिमित भएको थियो ।
यस खेलमा अल हिलालका नेइमारले एक बर्षपछि कमब्याक गरेका थिए । इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन् ।
यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ ।
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया