जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र

सुर्खेत - जाजरकोटका राजनीतिक दलहरूले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संघीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्ड निर्माण नभएको, भूकम्पपछिको पुनःनिर्माण, सहुलियत कर्जा उपलब्ध गराउने लगायतका विषय ध्यानाकर्षण पत्रमा समेटिएको छ । प्रदेश सरकार मातहतको जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवासहित सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।
जाजरकोटका विभिन्न ठाउँमा रहेका काइननाईट, टुरमालीन जस्ता बहुमूल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमार्फत सङ्घीय सरकारकै कार्यक्षेत्र रहेको नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाटलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गरिएको छ ।
संघीय सरकार मातहतका थलह चाँदे हुँदै जुम्ला जोडने सडक, थलह फूलकारी नदइडाव सडक, कुशे बाउली ढुङ्गा सडक, छेडा कचाली सडक, बारेकोट मुलसाव जुम्ला सडक निर्माण गर्न बजेट माग गरिएको छ ।
त्यस्तै सुयाडा, मष्टामन्दिर, पौराणिक स्तुपा निर्माणका लागि ध्यान दिन अनुरोध गरिएको नेकपा ९माओवादी केन्द्र०का प्रदेश कमिटी सदस्य अमरसिंह राठोरले बताए ।

कर्णाली राजमार्ग चार दिन बन्द हुने
१० महिनामा १३ हजार पर्यटक रारा पुगे

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_ndZG3hFmYj_1ib3vmwyjrigbqkcvhdwksem50lzkksv2bvzcyz3aflev27kkbt89wat9tku.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

प्रतिक्रिया