दिल्लीबाट काठमाडौँ ओर्लिएको विमानमा बमको धम्की, सेनाले खोजतलास गर्दै

काठमाडौँ - भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरूले विमानको चेकजाँच गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका थिए ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले अहिले बम डिस्पोजलको टोलीले विमानबाट सबै यात्रुलाई झारेर लगेज तथा विमानका अन्य भागहरूको सर्च गरिरहेको जानकारी दिए । उनका अनुसार टोलीले कुकुरको साथ सहयोग लिएर खानतलासीको काम गरिरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएप मार्फत सो धम्की दिइएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन् ।
विमानमा बम रहेको नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो ।
अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सायौं उडान प्रभावित भइरहेका छन् ।

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

पर्यटन प्रवर्द्धनका लागि नयाँ पदमार्ग निर्माणमा ‘टान’

मुख्य याममै सौराहामा आएनन् पर्यटक

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

प्रतिक्रिया