प्रतिकूल बकपत्र गर्नेविरुद्ध अख्तियारले लगायो भ्रष्टाचार मुद्दा
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दाका साक्षीले प्रतिकूल ‘बकपत्र’ गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले आज सर्लाहीको ईश्वरपुर नगरपालिकाका सोभिता साहविरुद्ध ‘प्रतिकूल बकपत्र’को अभियोगमा पाँच हजार बिगो र जरिवानासहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साहलाई प्रहरी चौकी गौरीशंकर सर्लाहीका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवले घूस लिएको मुद्दामा साक्षीका रूपमा पेस गरिएको थियो । साहलाई सरकारी साक्षी बनाउँदै यादवविरुद्ध घुसमा अनुसन्धान भएको थियो ।
तर अदालतमा बकपत्र गर्दा उजुरीको व्यहोरा र अनुसन्धानको क्रममा गरेको कागजतलाई समेत ‘अन्यथा’ हुनेगरी प्रतिकूल बकपत्र गरेको जिकीर आयोगको छ । यसमा अनुसन्धान हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेस साहले यादवको मुद्दामा मुद्दासमक्ष गरेको सहयोग प्रतिकूल हुने गरी वकपत्र गरेको सप्रमाण पुष्टि हुन आएको दाबी आयोगको छ ।
साहको घूस दिने कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएको जिकीरसहित भ्रष्टाचार मुद्दा चलाएको हो । आयोगले जरिवाना र कैद दुवै सजायँ हुनुपर्ने माग आरोपपत्रमा छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया