पोलियो दिवसको अवसरमा महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने

महोत्तरी - विश्व पोलियो दिवसको अवसर पारेर महोत्तरीको बर्दिवासमा हाफ म्याराथानको आयोजना हुने भएको छ ।
बर्दिवास रोटरी कलव र रोट्र्याक क्लबले कात्तिक ८ गते नौ किलोमिटर हाफ म्याराथानप्रति प्रतियोगिताको आयोजना गरिएको हो ।
बिहान ७ बजेबाट सुरु हुने उक्त प्रतियोगिता भोला बसन्त चोक, वुद्ध चोक, जनता क्याम्पस, हमाल टोल, एभरेष्ट रोड स्कुल, विनायक व्याक्युट, वडा नं. १ को कार्यालय, बरगाछी टोल हुँदै भोला बसन्त चोकमा नै पुगेर ९ किलोमिटरको गन्तव्य पुरा हुनेछ ।
प्रथम हुने प्रतियोगीलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई प्रमाणपत्र प्रदान गरिने आयोजक पक्षले जनाएको छ । प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीले गौतम, विनायक र गुन्जमा डिनर कुपन समेत प्राप्त गर्ने रोटरी कलव बर्दिवासका अध्यक्ष बिष्णु पुरीले जानकारी दिए ।
प्रतियोगीहरूको लागि कुनै निश्चित भूगोल निर्धारण नगरिएको र जुनसुकै पालिकाका माहानुभावहरू प्रतियोगितामा सहभागी हुन् सक्ने कार्यक्रम की संयोजक सुमित्रा भट्टराईको भनाई छ । ९ किलोमिटरको उक्त दुरीमा एउटा एम्बुलेन्स प्रतियोगीहरुसँगै रहने संयोजक भट्टराईले बताइन् ।
यस्तो म्याराथन महोत्तरी मै पहिलो पटक रहेको आयोजक पक्षले दावी गरेको छ ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया