शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

अन्य पार्टीबाट आएकाको ‘समायोजन’बारे नेता पौडेलले थाले छलफल

काठमाडौँ : नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ । बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरूको पार्टीमा समायोजनबारे छलफल भइरहेको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । ‘नेताहरू बसिरहनु भएको छ । पार्टीमा समायोजनबारे कुराकानी भइरहेको छ,’ उनले भने । 

बैठकमा पौडेल सहित महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवसहित नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दीलेन्द्र बडू, मीनेन्द्र रिजाल, प्रदीप पौडेल, कल्याण गुरुङ, जीवन परियार र दीपक गिरीको सहभागिता छ । 

बैठकमा पौडेलले बिहान अन्य पार्टीबाट आएका नेता कार्यकर्ता पार्टीमा समायोजन समितिका संयोजक उपसभापति विमलेन्द्र निधिसँग भएको कुराकानीबारे नेताहरूलाई जानकारी गराइरहेका छन् । 

पौडेलले बिहान निधिसँग पार्टी समायोजनका नाममा मनोमानी क्रियाशील सदस्यता वितरण गरेको भन्दै आपत्ति जनाएका थिए । उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकलाई प्रक्रिया नपुर्‍यायाइ क्रियाशील सदस्यता दिन नहुँने बताएका थिए ।