नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग

काठमाडौँ - इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकासी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् ।
टायरको विपद् व्यवस्थापन एकाइका प्रमुख मोर्ताडा महन्नाले यहाँको “अवस्था निकै खराब भएकाले तीव्र गतिमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताए ।
व्यवस्थापन एकाईका मिडिया अफिसर बिलाल काशमारले धेरैजना सहरबाट भागेर उपनगरतिर गएको बताए । उनका अनुसार हाल सम्पूर्ण टायर सहर खाली भएको छ ।
कयौँ पीडाहरुको सामना गरि बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरेपछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ ।
सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सा सहितको फोटो पोस्ट गर्दै तुरुन्तै प्रभावित क्षेत्रबाट बाहिर निस्कि जीवन खतराबाट जोगाउन आह्वान गरेका छन् ।

गाजामा भएको इजरायली आक्रणमा १० जनाको मृत्यु

ट्रम्प र पुटिनबीच १५ अगस्टमा अलास्कामा भेटवार्ता हुने

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

एप्पलका सीईओ टिम कुकले ट्रम्पलाई दिए 'गोल्डेन ग्लास' उपहार

म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्त्येष्टीको अझै भएन टुंगो

प्रतिक्रिया