प्रियंका गान्धीको वायनाड लोकसभाको उपचुनावमा उम्मेदवारी दर्ता

काठमाडौँ - भारतीय नेशनल कांग्रेसकी नेतृ प्रियंका गान्धीले केरलाको वायनाड लोकसभा सीटको उपचुनावका लागि उम्मेदवारी दर्ता गरेकी छिन् ।
यस वर्ष भएको लोकसभा चुनावमा प्रियंकाका भाइ सांसद राहुल गान्धीले वायनाड सीट जितेका थिए। राहुल गान्धीले जितेको रायबरेली सिट रोजेपछि वायनाड सिट खाली भएको थियो ।
वायनाड सीटको लागि नोभेम्बर १३ मा मतदान हुनेछ र मतगणना नोभेम्बर २३ मा हुनेछ।
प्रियंका गान्धीको मनोनयनका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र अमेठीका सांसद केएल शर्मालगायत ठूला नेताहरु वायनाड पुगेका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया