बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ

काठमाडौँ - उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार बताएको छ ।
घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको मध्य र दक्षिणी भागहरूमा पहिले नै सम्पन्न भइसकेको खोप अभियानअन्तर्गत दोस्रो चरणको खोप बुधबार गाजा पट्टीको उत्तरमा सुरु हुने अपेक्षा गरिएको थियो ।
तर डब्ल्यूएचओले उत्तरी गाजामा १ लाख १९ हजार २७९ बालबालिकालाई खोप लगाउने अभियान स्थगित गर्न बाध्य भएको बताएको छ ।
इजरायलले यस महिना हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्ने वाचा गर्दै उत्तरी गाजामा भयानक हवाई र भूमि आक्रमण सुरु गरेको हो ।
“बढ्दो हिंसा, तीव्र बमबारी, सामूहिक विस्थापन आदेश, र उत्तरी गाजाको अधिकांश भागमा सुनिश्चित मानवीय विरामको अभावका कारण यो खोप अभियान स्थगित गरिएको थियो”, डब्लुएचओले भन्यो ।
“नागरिक पूर्वाधारमा चलिरहेको आक्रमणले उत्तरी गाजामा जनताको सुरक्षा र आवागमनलाई खतरामा पार्दै आएको छ, जसले परिवारहरूलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन साथै स्वास्थ्य कार्यकर्ताहरू सञ्चालन गर्न असम्भव बनाएको छ”, यसले बताएको छ ।
गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो घटना पुष्टि गरेपछि खोप अभियान सुरु भएको हो ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया