भारतमाथि बंगलादेशको शानदार जित

काठमाडौँ - बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।
बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् ।
यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । योसँगै समूह ए मा रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ ।
त्यस्तै समूह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने बिहीबार लाग्ने छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया