वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्यो : परराष्ट्रमन्त्री राणा
काठमाडौँ - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको बताएकी छिन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री राणाले देशको विग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताएकी हुन् ।
उनले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने गर्न नसकेको जिकिर गरिन् । हालैको बाढीपहिरोपछिको उद्दार, राहत र सडक सञ्जाल छिटै सञ्चालन गर्न सफल भएको उनले बताइन् । मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारवाहीको सुरुवाती संकेत निकै राम्रो भएको दावी गरिन् ।
उनले कानुनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानबिन भएको बताइन्।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया