आज नेपालले श्रीलंकासँग भिड्दै, यस्तो छ सेमिफाइनलको अंकगणित

काठमाडौँ- जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समुह 'बी'का दुई खेल हुँदैछ । आज पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्ने तालिका रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि शुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि शुरु हुने छ ।
समूह 'बी'मा हाल नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । नेपालका लागि भने श्रीलंकासँग बराबरी खेलेमात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ ।
त्यस्तै समुह बी को माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ ।
जारी प्रतियोगितामा समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया